logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्यूठानमा जेठ ३१ गतेसम्म थपियो निषेधाज्ञा


अंकुरण खबर
728
Shares

प्यूठान जिल्लामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्म थप गरिएको छ ।

शुक्रबार बसेको जिल्ला कोभिड–१९ संक्रमण व्यवस्थापन समितिको बैठकले १६ दिन निषेधाज्ञा थप्ने निर्णय गरेको समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

बैठकले जिल्लामा कोरोना भाइरसको संक्रमण अझै नियन्त्रण नभएको भन्दै निषेधाज्ञा थप गरिएको भुसालले बताए । प्यूठानमा योसँगै तेस्रो पटक निषेधाज्ञा थप गरिएको हो ।