logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

मन्त्रिपरिषद बैठक बस्दै, बजेट अध्यादेश राष्ट्रपतिलाई सिफारिस गर्ने


अंकुरण खबर
1.937K
Shares

आज बिहान ११ बजे मन्त्रिपरिषद बैठक बस्दैछ ।

आज घोषणा गर्ने लागेको बजेट अध्यादेश राष्ट्रपतिलाई सिफारिस गर्न बैठक बस्न लागेको हो ।

बजेटका लागि आवश्यक सबै तयारी पूरा भएको अर्थ मन्त्रालयले जनाएको छ ।मन्त्रीपरिषद्को सिफारिस राष्ट्रपतिले प्रमाणीकरण गरेपछि आज अपराह्न ४ बजे अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबाट बजेट भाषण गर्ने तयारी छ ।

विपक्षी दल र विज्ञहरुको दबाबका बीच सरकारले आजै अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेको हो । प्रतिनिधिसभा विघटन भैसकेको अवस्थामा जेठ १५ मा नै बजेट ल्याउन नहुँने विपक्षीहरुले तर्क गर्दै आएका छन् ।

यता सरकारले भने महामारी व्यक्त रहेकाले महामारी नियन्त्रण तथा रोकथाममा बजेट केन्द्रित हुने जनाउँदै आएको छ । विपक्षीले भने निर्वाचन केन्द्रित बजेट ल्याउन सक्ने भन्दै बिरोध जनाउँदै आएका छन् ।

सरकारलाई यस अघिनै अध्यादेशमार्फत बजेट नल्याउन पूर्वअर्थमन्त्री, पूर्वप्रधानन्यायाधीश, योजना आयोगका नौ जना पूर्व उपाध्यक्ष, पूर्वप्रमुख निर्वाचन आयुक्तलगायतले आग्रह गरेका थिए ।