मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी अध्यादेश जारी गरेकी छन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा १ अनुसार आर्थिक अध्यादेश २०७८, विनियोजन अध्यादेश २०७८ र राष्ट्र ऋण उठाउने अध्यादेश २०७८ गरी ३ वटा अध्यादेश जारी गरेकी हुन् ।
प्रतिनिधिसभा विघटन भएकाले सरकारले अध्यादेशबाट आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँन लागेको थियो । राष्ट्रपतिद्धारा यी अध्यादेश जारी भएसँगै नयाँ बजेटका लागि बाटो खुलेको छ ।