logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

कोभिड रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड र खोपका खरिदका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन


अंकुरण खबर
1.69K
Shares

सरकारले कोरोना भाइरस संक्रमण विरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट जारी अध्यादेशका आधारमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को आय–व्यय वक्तव्य सार्वजनिक गर्दै खोपका लागि बजेट विनियोजन गरिएको बताए । अर्थमन्त्री पौडेलले कोरोनाको निःशुल्क परीक्षण र उपचारका लागि बजेट विनियोजन गरेको समेत बताए ।

साथै सरकारले कोभिड महामारी रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड रुपैया विनियोजन गरेको छ ।