सरकारले वृद्धा भक्ता मासिक ४ हजार बनाएको छ । आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत अर्थमन्त्री विष्णु पौडेलले वृद्धा भक्ता अब मासिक ४ हजार बनाएको घोषणा गरेका हुन् ।
त्यस्तै ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगहरुलाई दिइने मासिक भत्तामा ३३ प्रतिशत वृद्धि गरिएको छ। यसका लागि १ खर्ब छुट्याएको छ।
त्यस्तै साना किसानको लागि धानको विउ खरिदमा ५० प्रतिशत अनुदान दिने घोषणा गरेको छ ।
साना किसानको लागि धानको विउ खरिदमा स्थानीय तहमार्फत ५० प्रतिशत अनुदान दिने घोषणा गरिएको हो ।