नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १४ हजार ७सय ५२ जनामा कोरोना परीक्षण गर्दा ४ हजार ४ सय ८७ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै ६ हजार०८० जना संक्रमणमुक्त भएका छन् । त्यस्तै यो अवधिमा ११६ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ भने निको हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ । यस्तै मृतकको कुल संख्या ७ हजार १ सय ६३ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १ लाख ११ हजार ५ सय ९ रहेको छ । जसमा १ लाख ३ हजार ७ सय जना होम आइसोलेसनमा रहेका छन् भने ७ हजार ८ सय ९ जना संस्थागत आइसोलेसनमा भर्ना छन् । देशभर रहेका संक्रमितमध्ये १ हजार ६ सय १४ जना आईसीयूमा छन् भने ४ सय ५७ जना भेन्टिलेटरमा रहेका छन् ।