‘यास’ चक्रवातको प्रभाव कायमै रहेकाले आज पनि मौसममा बलदी आउँने छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार चक्रवातका कारण बनेको न्यून चापीय क्षेत्रको प्रभावले आज दिउँसो देशभर बदली रही केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने सम्भावना छ । महाशाखाका अनुसार प्रदेश १, प्रदेश २ बागमतीलगायत प्रदेशका केही स्थानमा वर्षाको संभावना रहेको छ ।
त्यस्तै आज राति प्रदेश १ र प्रदेश २ का केही स्थानमा हावाहुरी सहित भारी वर्षाको सम्भावना छ । अन्य भू-भागमा बदली रहने छ ।
भोलि (सोमबार) देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ । प्रदेशका १ का केही स्थानमा भारी वर्षाको सम्भावना छ । रातीको मौसम पनि उस्तै रहने छ ।
त्यस्तै पर्सी (मंगलबार) देशका अधिकांश भू-भागमा बदली हुने छ । केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ । राति भने देशका अधिकांश भू-भागमा सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन,चट्याङ्ग,हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेशका ५ को एक, दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।