कोभिड -१९को दोस्रो लहरबाट सबै भन्दा बढी प्रभावित भएको भारतमा पछिल्ला केही हप्ता यता संक्रमितको संख्यामा दैनिक कमी हुँदै गएको छ ।
पछिल्लो २४ घण्टामा भारतमा १ लाख ७४ हजार ४१ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा कुल संक्रमितको संख्या २ करोड ७८ लाख ९३ हजार ४ सय ७२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोभिडकै कारण ३ हजार ६सय १४ जनाको मृत्यु भएको छ । योसंगै भारतमा कोभिड संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ३ लाख २५ हजार ९९८ पुगेको छ । संक्रणमण मुक्त हुनेको संख्या पनि बढेको छ ।
भारतमा डेढ महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएका थिए । अहिले भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ ।
संक्रमणदर घटेको अनुपातमा मृतको संख्यामा भने उल्लेख्य कमी आएको छैन ।