logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

देउवा निवासमा विपक्षी गठबन्धनको बैठक


अंकुरण खबर
1.495K
Shares

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहित विपक्षी गठबन्धनको बैठक सुरु भएको छ ।

कांग्रेस सभापति शेर बहादुर देउवाको निवास बुढानिलकण्ठमा अहिले बैक सुरु भएको हो ।

बैठकमा संसद विघटनपछिको वर्तमान राजनीतिक परिस्थिति, गठबन्धनको आगामी कदमका विषयमा छलफल हुने बताइएको छ । संसद विघटनविरुद्ध गठबन्धनले हालेको रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ ।

यस्तै गठबन्धनको बैठकले सरकारले ल्याएको बजेटको विषयमा पनि छलफल गर्ने भएको छ । सरकारले हिजो शनिबार अध्यादेशमार्फत बजेट ल्याएको थियो ।

बैठकमा सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र नेकपा एमालेका नेता माधव कुमार नेपाल पनि सहभागी भएका छन् ।