logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ओली पक्षका प्रदेश सांसद बोहरालाई नेता शाहले सोधे २४ घन्टे स्पष्टीकरण


अंकुरण खबर
1.404K
Shares

एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले पूर्वमन्त्री पठानसिंह बोहरासँग स्पष्टीकरण मागेका छन् ।

नेता प्रकाशबहादुर शाहले ओली समूहका सांसद एवम् पूर्व भौतिक पूर्वाधार विकासमन्त्री बोहरासँग २४ घण्टे स्पष्टीकरण मागेका हुन् ।

बोहरालाई शाहले लेखेको पत्रमा स्वयं उपस्थित भएको संसदीय दलको बैठकको निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको, निर्णय कार्यान्वयनमा बाधा सिर्जना गरी गुटबन्दी गरेको लगायतका विषयमा जवाफ मागिएको छ ।

दलका नेता शाहले बोहरासँग जेठ १६ गते साँझ ५ बजेभित्र जवाफ मागेका छन् । उनलाई तथ्यगत जवाफ नदिए संसदीय दलको विधान २०७७ अनुसार कारबाही हुने बताइएको छ ।