नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।
गत शुक्रबारको तुलनामा आज छापावाल सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदी १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।