logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेले बोलायो स्थायी कमिटी बैठक, स्पष्टीकरण नबुझाउने १२ नेतामाथि कारबाहीको तयारी


अंकुरण खबर
2.769K
Shares

नेकपा एमालेले स्थायी कमिटी बैठक बोलाएको छ ।

आज साँझ ५ बजेका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्ने र थप निर्णय लिने कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

यस्तै आजको बैठकले यसअघि स्पष्टीकरण सोधिएका १२ नेताहरुलाई कारबाहीको निर्णय गर्ने प्रवल सम्भावना छ । एमालेको अघिल्लो स्थायी कमिटी बैठकले विपक्षी गठबन्धनको रिटमा हस्ताक्षर गर्ने १२ सांसदसँग स्पष्टीकरण मागेको थियो ।

स्पष्टीकरण सोधिएकामा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् । तर कसैले पनि स्पष्टीकरणको जवाफ दिएका छैनन् ।