logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

थप ४,३६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, १०९ जनाको मृत्यु


अंकुरण खबर
754
Shares

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३६८ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९८६ जनाको पिसिआर र १ हजार ७८४ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ७०२ जना र एन्टीजेटमाफर्त ६६६ जना संक्रमित पुष्टि भएका हुन् ।

देशभर एक लाख ८ हजार ८९७ जना संक्रमित रहेका छन् । तीमध्ये ७ हजार ५६३ जना संस्थागत र एक लाख १ हजार ३३४ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आइतबार पनि नयाँ कोरोना संक्रमितभन्दा संक्रमणमुक्त हुने धेरै छन् । सोही अवधिमा ६,२०५ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर १०९ जना संक्रमितको मृत्यु भएको छ । देभभर ७६३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।