मोरङमा एक साता निषेधाज्ञा थप भएको छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले आइतबार सूचना प्रकाशित गरी जेठ २४ गतेसम्म निषेधाज्ञा थप गरिएको जानकारी गराएको हो ।
सरकारले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम निषेधाज्ञा थप भएको विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय मोरङले पहिलो पटक वैशाख १८ गते निषेधाज्ञा जारी गरेको थियो ।