logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि सर्‍यो


अंकुरण खबर
1.508K
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक पुन: स्थगित भएको छ ।

बैठक (आज) सोमबार बिहान १० बजेका लागि तय गरिएपनि पुन: भोलिका लागि सारिएको हो ।

एमाले केन्द्रीय कार्यालयका अनुसार बैठक भोलि बिहान ११ बजेका लागि तय गरिएको छ । मंगलबार बिहान ११ बजेलाई तय भएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ पार्टी स्रोतले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेशमा आज हुन लागेको राष्ट्रियसभा उपनिर्वाचनका कारण बैठक सार्नु परेको जनाइएको छ ।

बैठकमा स्पष्टीकरण सोधिएका १२ जना सांसदहरूको जवाफ र कारबाहीका विषयमा छलफल हुने बताइएको छ ।