logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश नम्बर २ को बजेट अधिवेशन आह्वान


अंकुरण खबर
1.43K
Shares

प्रदेश नम्बर २ को सरकारले बजेट अधिवेशन आह्वान गर्न सिफारिस गरेको छ ।

सोमबार बसेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को बैठकले चालु अधिवेशन अन्त्य गरि जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि सिफारिश गरेको जनाइएको छ ।

बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

प्रदेश प्रमुखले बजेट अधिवेशनका लागि सिफारिस पश्चात् प्रदेश सभा मार्फत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गरिनेछ ।