ललितपुरमा भलिवल खेलाडीसहित तीन जनालाई लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका अनुप श्रेष्ठ जावलाखेल भलिबल टिममा आबद्ध रहेको बताइएको छ । उनीसहित अन्य दुई जनालाई पनि प्रहरीले पक्राउ गरेको हो ।
उनीसँगै अम्रिता खड्का र परदु गुरुङलाई लागू औषधसहित ललितपुर प्रहरीले पक्राउ गरेको हो । तीन महिनादेखि निगरानी गरेर उनीहरुलाई पक्राउ गरिएको ललितपुरकी प्रहरी प्रमुख एसएसपी किरण बज्राचार्यले बताए ।
पक्राउ परेका तीनैजना लागू औषध दुर्व्सनी समेत भएको खुलेको उनले जानकारी दिए ।