सरकारले यसपटक पनि माध्यामिक शिक्षा परीक्षा (एसईई) को परीक्षा भौतिक रुपमा नलिई आन्तरिक मूल्यांकनबाटै नतिजा निकाल्ने तयारी गरेको छ ।
कोरोना भाइरस संक्रमणका कारण जारी निषेधाज्ञा लम्बिएपछि शिक्षा मन्त्रालयले एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट गराउन मन्त्रिपरिषदमा प्रस्ताव गरेको हो ।
आज बसेको मन्त्रालयको बैठकले एसईई परीक्षाको आन्तरिक मूल्यांकन विधि अनुसार गराउने प्रस्ताव मन्त्रिपरिषदमा पठाउने निर्णय गरेको एक अधिकारीले बताए ।