logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए ४७६२ जना नयाँ संक्रमित, ६४९१ जना संक्रमणमुक्त


अंकुरण खबर
1.287K
Shares

पछिल्लो २४ घण्टामा देशभर ४ हजार ७६२ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १५ हजार ५५ जनाको पिसिआर र २ हजार ४२५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार १७८ जना र एन्टीजेटमार्फत ५८४ जना संक्रमित पुष्टि भएका हुन् ।

आज  ६ हजार ४९१ जना कोरोना संक्रमित निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ११४ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ७ हजार ३८६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

देशभर एक लाख ६ हजार ४७० जना सक्रिय संक्रमित रहेका छन् ।