logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

साउन १ गतेदेखि पातलो प्लाष्टिक झोला प्रयोग गर्न रोक


अंकुरण खबर
1.508K
Shares

सरकारले आगामी साउन १ गतेबाट ४० माइक्रोन भन्दा पातलो प्लाष्टिकको उत्पादन, आयात तथा बिक्रीमा रोक लगाएको छ ।

सपिङ्गमल तथा डिपार्टमेन्टल स्टोर लगायत सबै व्यापारिक प्रतिष्ठानले प्लाष्टिकको झोलाको सट्टा सूती, जुट वा कागजका झोला प्रयोग गर्नलाई वातावरण विभागले अनुरोध गरेको हो ।

‘४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोला वा सीट उत्पादन गर्ने उद्योगले पुरानो मेशिनको पार्टपूर्जा प्रतिस्थापन गरेर नयाँ जडान गरेमा अनुदान रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ । आ. व २०७८/०७९ को आय व्यायको सार्वजनिक बजेटमा उल्लेख गरिएको छ,’ विभागले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।