नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।
विभिन्न कारण यस अघि आइबार र सोमबार दुई दिन लगातार बैठक स्थगित गरिएको थियो । बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन रहेको भनि हस्ताक्षर गरेका घनश्याम भुसालसहितका सांसदबारे निर्णय गर्ने बताइएको छ ।
१० जेठको बैठकले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित साधारण सदस्य समेत नरहेनी गरी ११ जनालाई निष्कासन गरिसकेको छ ।
सो बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन रहेको भनि हस्ताक्षर गरेका घनश्याम भुसालसहित अन्य थप १२ जनालाई स्पष्टीकरण सोधेको थियो ।
तर ती सबै नेताहरूले स्पष्टीकरण बुझाएका छैनन् । स्पष्टीकरण सोधिएकाहरुमा घनश्याम भूसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन् ।