logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एसईई : यसवर्ष पनि आन्तरिक मूल्यांकनबाटै


अंकुरण खबर
936
Shares

सरकारले यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आन्तरिक मूल्यांकनबाट गर्ने निर्णय गरेको  ।

सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्यांकनबाट परीक्षा लिएर सोहीअनुसार नतिजा प्रकाशित गर्ने निर्णय गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसबारेको प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।

कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै परीक्षाको मोडालिटी तयार गर्न गठित कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेललाई प्रतिवेदन बुझाएको थियो । सोही प्रतिवेदन बोर्डले मन्त्रालयमा पेश गरेको थियो ।

राष्ट्रिय परीक्षा बोर्डले पेश गरेको प्रतिवेदन पेश गरे अनुसार नै मन्त्रिपरिषदले परीक्षाको मोडालिटीबारे निर्णय गरेको हो।