logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जसपाको विवाद उत्कर्षमा, अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासको घोषणा


अंकुरण खबर
832
Shares

जनता समाजवादी पार्टी (जसपा) को विवाद उत्कर्षमा पुगेको छ ।

जसपाको उपेन्द्र–बाबुराम पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई निष्कासको घोषणा गरेको हो । यो घोषणापछि जसपा औपचारिक रुपमा विभाजनको संघारमा पुगेको छ ।

उपेन्द्र यादवको अध्यक्षतामा बसेको जसपा कार्यकारिणी समितिको बैठकले ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको हो ।

यसअघि दुवै पक्षले एक अर्कालाई निष्कासनको चेतावनीसहित २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।