logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एकताको पहल जारी राख्ने एमालेको निर्णय


अंकुरण खबर
2.041K
Shares

नेकपा (एमाले) ले राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा अन्तर्घात भएको निष्कर्ष निकालेको छ ।

मंगलवार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उपनिर्वाचनमा केही ठाउँमा अन्तर्घात भएको निष्कर्ष निकालेको हो ।

बैठकले पार्टी एकताको पहल गर्न गठित कार्यदल पुनर्गठन नभएसम्म अन्य संयन्त्रबाट छलफल चलाउने निर्णय पनि गरेको वैठकपछि नेता प्रदीप ज्ञवालीले जानकारी दिए । अहिलेको वार्ता टोली क्रियाशील नरहेको उनको भनाई छ ।

वार्ता टोलीमा रहेका कतिपय नेता कारवाहीमा परेकाले अर्को निर्णय नभएसम्म अन्य संयन्त्रबाट एकताको पहल भइरहेको ज्ञवालीले बताए । नेकपा एमालेले पार्टी एकताका लागि प्रयत्न जारी राख्ने निर्णय गरेको छ ।