logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

दोहोरो अंकले घट्यो नेप्से


अंकुरण खबर
988
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज मंगलबार दोहोरो अंकले घटेको छ ।

आज नेप्से ११.६८ अंकले घटेर दुई हजार सात सय ७१ दशमलब ६८ विन्दुमा थामिएको हो ।

आज ८ अर्ब ५९ करोड ८१ लाख बराबरको कारोबार भएको छ भने कारोबार भएका समूहमध्ये ३ समूह बाहेक अन्य समूह घटेका छन् ।

आज दुई कम्पनीको शेयरमूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्यमा उच्च बृद्धि हुने कम्पनीहरुमा कालिका पावर कम्पनी र लुम्बिनी विकास बैंक रहेका छन् ।

त्यस्तै, आज दिव्याश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् भने कारोबारको आधारमा सबैभन्दा बढी कारोबार नेपाल रि–इन्स्योरेन्स कम्पनी भएको छ ।