चीनले अनुदानमा दिएको कोरोना विरुद्धको ८ लाख डोज खोप नेपाल आइ पुगेको छ ।
बेइजिङबाट नेपाल वायु सेवा निगमको जहाजले मंगलबार दिउँसो चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज खोप काठमाडौं ल्याएको हो । चीनले सिनोफार्म कम्पनीले विकास गरेको भेरोसेल खोप उपलब्ध गराएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार गत २६ मे मा राष्ट्रपति विद्यादेवी भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच भएको टेलिफोन वार्तामा चीनका राष्ट्रपति सीले नेपाललाई सहयोगस्वरूप १० लाख खोप उपलब्ध गराउने घोषणा गरेका थिए । सोही अन्तर्गतको ८ लाख डोज खोप ल्याइएको हो ।
खोप लिनका लागि जहाज सोमबार राति ११ बजे चीन गएको थियो ।
यस्तै, चीनको कुन्मिङबाट बुधबार पनि हिमालयन एयरलाइन्सले थप १ लाख डोज खोप ल्याउने भएको छ ।