logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जनस्वास्थ्यका विषयमा असम्बन्धित व्यक्तिले नबोलिदिन स्वास्थ्य मन्त्रालयको आग्रह


अंकुरण खबर
845
Shares

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका विषयमा असम्बन्धित व्यक्तिहरुलाई आमसञ्चारका माध्यममा नबोलिदन आग्रह गरेको छ।

कोरोना भाइरसको संक्रमणबारे अनधिकृत व्यक्तिहरुले सञ्चारमाध्यममा बोल्दा विभिन्न भ्रम भइरहेको भन्दै आधिकारिक व्यक्तिबाहेकले जथाभावि नबोल्न आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलद्वारा मंगलबार जारी सूचनामा मन्त्रालयले गरेको निर्णयसहित अनधिकृत सूचना सम्प्रेषण नगर्न सचेत गराइएको छ।

‘जनस्वास्थ्यका विषयमा असम्बन्धित निकायहरुले आमसञ्चार माध्यममा बोल्ने वा टिप्पणी गर्ने गरिएकोले त्यसले धेरैलाई द्विविधा बनाउने र भ्रमित बनाउने गरेको छ’ मन्त्रालयले सोमबार गरेको निर्णयमा भनिएको छ, ‘अतः कोभिड महामारीसहित समग्र जनस्वास्थ्यका विषयमा विभागीय मन्त्रीहरु वा मन्त्रालयले तोकेका पदाधिकारीहरु र निकाय बाहेकले आधिकारिक जानकारी वा पुष्ट्याईं गर्ने कार्यलाई रोकिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई अनुरोध गरी पठाउने र सार्वजनिक रुपमा सबैमा अनुरोध गर्ने।’