logo
  • आइतवार, कार्तिक १६, २०८३ / Sunday, Nov, 01 ,2026

बागलुङमा चट्याङ लागेर बालकको मृत्यु


अंकुरण खबर
1.521K
Shares

बागलुङमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ ।

आज अपराह्न परेको चट्याङ लागेर बागलुङ, बडिगाड गाउँपालिकाका एक बालकको मृत्यु भएको हो ।

बडिगाड–५ का १२ वर्षीय सुवास पेमीको घर नजीकै परेको चट्याङ लागेर गम्भीर घाइते भएकामा उपचारका क्रममा अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको गाउँपालिकाबाट राजन पाइजाले जानकारी दिए ।