logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए ६०८५ जना संक्रमित, ६८ जनाको मृत्यु


अंकुरण खबर
1.43K
Shares

पछिल्लो २४ घण्टामा देशभर ६ हजार ८५ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १७ हजार १४७ जनाको पिसिआर र ३ हजार १८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार २८५ जना र एन्टीजेटमार्फत ८०० जना संक्रमित पुष्टि भएका हुन् ।

योसँगै संक्रमितको कुल संख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ । देशभर एक लाख ४ हजार ७८९ जना सक्रिय संक्रमित रहेका छन् ।

आज ६ हजार ८९८ जना संक्रमित निको भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर ६८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ७४५४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।