विवेकशील पार्टीका संस्थापक अध्यक्ष उज्ज्वल थापाको निधन भएको छ ।
मेडिसिटी अस्पतालले मंगलबार साँझ जारी गरेको विज्ञप्तिमा उनको ४ बजेर २५ मिनेटमा निधन भएको उल्लेख गरिएको छ ।
कोरोना संक्रमित थापाको मेडिसिटी अस्पतालमा उपचार भइरहेको थियो । भेन्टिलेटरमा राखेर इक्मो प्रविधिबाट उपचार भइरहे पनि स्वास्थ्यमा सुधार आउन सकेको थिएन । थापा ४४ वर्षका थिए ।
दुई साताअघि कोरोना संक्रमित बनेका थापाको यसअघि ग्राण्डी अस्पतालमा उपचार भएको थियो । तर, भेन्टिलेटरमा राख्दा पनि अक्सिजन लिन कठिनाइ भएपछि इक्मो प्रविधिका लागि मेडिसिटीमा सारिएको थियो । सोमबार गरिएको पीसीआर परिक्षणमा नेगेटिभ रिपोर्ट आए पनि थापाको स्वास्थ्य सुधार हुन सकेन । उनको छातिमा संक्रमण अत्यधिक फैलिएको थियो ।
थापाको स्वास्थ्यलाभका लागि सिंगै देशले प्रार्थना गरेको थियो । जनताले आर्थिक सहयोग पनि गरेका थिए । तर, धेरै युवाहरुका प्रिय नेतालाई कोरोनाले चुँडेको छ । थापाले नेपालमा वैकल्पिक राजनीतिको उद्देश्य राखेर विवेकशील नेपाली दल स्थापना गरेका थिए ।
अस्पतालद्वारा औपचारिक (विज्ञप्तिसहित)
