आज पनि देशका विभिन्न स्थानमा हावाहुरीसहित वर्षाको संभावना रहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार भारतको उत्तर प्रदेश तथा आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभावले गर्दा मुलुकभर आज मौसममा बदली आउने छ ।
आज प्रदेश १ लगायत देशका पहाडी भू-भागमा र तराईका केही भू-भागका मेघगर्जन, चट्याङ्ग, हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै भोली २० गते बिहीबार प्रदेश १ र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागहरुमा दिउँसो आंशिकदेखि सामान्य बदली रहीने छ । अन्य स्थानहरूमा आंशिक बदली रहनेछ । साथै प्रदेश १ का केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै जेठ २१ गते शुक्रबार दिउँसो पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहनेछ । पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन,चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । राती भने पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।