logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

राजा वीरेन्द्रको वंशनाश भएको आज २० वर्ष, सत्य घटना बाहिर नआएको धेरैको गुनासो


अंकुरण खबर
767
Shares

तत्कालीन राजा वीरेन्द्र शाहको वंशनाश भएको आज २० वर्ष भएको छ ।

२०५८ जेठ १९ गते राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि दरबार हत्याकाण्ड भएको थियो । नेपालको इतिहासमा कालो दिनको रुपमा हेरिने उक्त हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र,रानी ऐश्वर्या, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी अधिराजकुमारी श्रुती, भाइ अधिराजकुमार धिरेन्द्र, दिदीहरु शोभा सिंह र शारदा, ज्वाईं कुमार खड्ग विक्रम शाह गरि १० जनाको हत्या भएको थियो ।

दरबार भित्रै राजा वीरेन्द्रको वंशनाश भएको यो घटनाको सत्य-तथ्य भने अझैसम्म बाहिरिको छैन् । वीरेन्द्रका छोरा युवराज दीपेन्द्र शाहलाई मुख्य दोषी देखाइए पनि त्यसमा सत्यता नभएको भन्दै धेरेको बुझाई रहेको छ ।

हत्याकाण्डपछि त्यस समयमा सरकारद्वारा गठित तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूको हत्या गरेको र पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदन सार्वजनिक गरेको थियो । तत्कालीन सभामुख तारानाथ रानाभाटले छानविन प्रतिवेदन सार्वजनिक गरेका थिए । तर त्यसलाई आम नेपालीले विश्वास गरिरहेका छैनन् ।

वीरेन्द्रको वंशनाश पनि देशमा ठुल-ठुला आन्दोलन भए । जसको परिणाम २५० वर्ष लामो शाहवंशीय शासनको अन्त्य भई विसं २०६५ साल जेठ १५ गते देशमा गणतन्त्र घोषणा गरियो । गणतन्त्र आए पछि यो घटना छानबिन गरि सत्य तथ्य बाहिर आउँने अपेक्षा गरे पनि अहिलेसम्म सत्य घटना बाहिरिएको छैन् ।