logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा जेठ महिनाभर निषेधाज्ञा थप्ने तयारी, तीन सिडिओको बैठक बस्दै  


अंकुरण खबर
1.04K
Shares

काठमाडौं उपत्यकामा अब खाद्यान्न बिक्री र पूर्वाधार निर्माण कार्य खुला गरिने भएको छ ।

२१ गतेदेखि खाद्यान्न बिक्रीको लागि मात्रै किराना पसल र डिपार्टमेन्टल स्टोर पनि खोल्न दिने तयारी गरेको बताइएको छ ।

अहिले १० बजे बस्न लागेको काठमाडौं उपत्यकाका तीन वटै प्रमुख जिल्ला अधिकारीहरूको बैठकले निषेधाज्ञाबारे आधारिकारीक निर्णय गर्नेछ ।

अब थपिने निषेधाज्ञामा खाद्यान्न बिक्रीको लागि किराना पसल र डिपार्टमेन्टल स्टोर खोल्न दिने तयारी गर्दै निषेधाज्ञा जेठभर थप्ने तयारी भएको छ ।

स्वास्थ्य मापदण्ड पूरा गरेर निर्माण क्षेत्रमा नै कर्मचारी राखि उपत्यकामा पूर्वाधार निर्माण पनि खुला गरिने भएको छ । अब थप गरिने निषेधाज्ञामा सार्वजनिक र निजी सवारी भने अझै नखुल्ने भएको छ ।

उपत्यकामा यसअघि २० जेठसम्मका लागि निषेधाज्ञा कायम गरिएको थियो । जसमा तरकारी तथा दूधजन्य पदार्थका पसल फलफूल, मासु र खाना पकाउने ग्यास तथा खानेपानीका पसल भने सञ्चालनमा रोक लगाएको थिएन। यस्ता पसल बिहान ९ बजेसम्म खोल्न दिइने निर्णय भएको थियो ।