logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनीमा आठौं अधिवेशन शुरू हुँदै, मुख्यमन्त्रीको राजीनामा माग्ने विपक्षी गठबन्धनको तयारी


अंकुरण खबर
689
Shares

लुम्बिनी प्रदेशको बजेट अधिवेशन आज (बुधवार) देखि प्रदेश राजधानी बुटवलमा शुरू हुँदैछ ।

प्रदेश सरकारले प्रदेश सभाको आठौं अधिवेशन आजका लागि आह्वान गरेको हो ।

राष्ट्रियसभामा रिक्त सदस्यका लागि भएको उपनिर्वाचनमा सत्तारूढ दलको हार भएको र सरकार अल्पमतमा पुगेको निष्कर्ष निकाल्दै विपक्षी दलहरूको अधिवेशन बैठकमा मुख्यमन्त्रीको राजीनामा माग्ने तयारी गरेको बताइएको छ ।

सरकारविरूद्ध नेपाली कांग्रेस, माओवादी, जसपा तथा नेकपा एमालेका वरिष्ट नेता माधवकुमार नेपाल समूह गठबन्धन क्रयाशिल छ ।

संसदलाई छलेर सत्ताको आडमा मुख्यमन्त्रीमा पुनः नियुक्त भएको भन्दै विपक्षी गठबन्धनमा रहेका दलका नेताहरूले बैठकमा नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिँदै अधिवेशन बैठकमा आवाज उठाउने तयारी गरेको गठबन्धनका एक नेताले जानकारी दिए ।