logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

हिमाली जिल्ला मुगुमा पहिलो पटक कोरोनाबाट एकको मृत्यु


अंकुरण खबर
767
Shares

कोभिड–१९ सङ्क्रमणबाट पहिलोपटक हिमाली जिल्ला मुगुमा एक वृद्धाको मृत्यु भएको छ ।

छायाँनाथ रारा नगरपालिका–१० का ७० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी परशुराम नेपालीले बताए ।

उनकाअनुसार ती बृद्धालाई अस्पताल ल्याउने क्रममास् आज बाटोमा नै निधन भएको थियो ।

एकहप्तादेखि बिरामी हुँदा पनि ती बृद्धा अस्पतालमा जान नमानि घरमा नै रही जडिबुटी सेवन गरेको बताइएको छ ।

मृत्युपछि गरिएको एन्टिजिन परीक्षणमा पोजेटिभ रिपोर्ट आएको सूचना अधिकारी नेपालीले बताए ।

गत वैशाखदेखि जिल्लामा संक्रमित सङ्ख्या वृद्धि भए पनि मृत्यु भएको थिएन। हालसम्म २९४ संक्रमित छन् । रासस