नवलपरासीको देवचुली नगरपालिका २ मा रहेको चौधरी उद्योग ग्राममा आगलागी भएको छ ।
उद्योगको बियर प्लान्ट र गोदाममा बिहान साँढे आठ बजे आगलागी भएको हो ।
दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको नवलपरासी प्रहरीले जानकारी दिएको छ ।
आगो नियन्त्रणमा लिन तिन बारुणयन्त्र प्रयोग गरिएको छ ।