नेकपा एमालेको स्थायी कमिटीको बैठक आज पनि बस्दै छ ।
बैठक अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
बैठकमा पार्टी एकताको लागि अहिलेसम्म भएका पहलबारे छलफल हुने स्थायी कमिटी सदस्य छबिलाल विश्वकर्माले जानकारी दिए ।
यसअघि हिजो बसेको बैठकले पार्टी एकताका लागि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको थियो ।
त्यसैकारण माधव नेपाल पक्षका थप १२ सांसदमाथिको कारबाही रोकिएको थियो । दुवैतर्फका दोस्रो तहका नेताहरू पार्टी एकता जोगाउन आन्तरिक रूपमा छलफल र परामर्शलाई निरन्तरता दिइरहेका छन् ।