Breaking Newsस्थानीय

चितवनमा पुनः एक साता थपियो निषेधाज्ञा

चितवनमा यही जेठ २७ गते राति १२ बजेसम्म निषेधाज्ञा थप गरिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले एक साता निषेधाज्ञा थप्न सिफारिस गरेपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा लम्ब्याएको हो ।

दोस्रोपटक थपिएको निषेधाज्ञाको अवधि भोलि रातिबाट सकिँदै छ । कोरोना संक्रमण दर घट्दै गएपनि जोखिम कायम रहेको भन्दै निषेधाज्ञाको अवधि थपिएको हो ।

जिल्ला प्रशासन कार्यालय चितवनले गएको वैशाख १६ गते रातिदेखि लागु हुने गरी वैशाख मसान्तसम्म निषेधाज्ञा जारी गरेको थियो । त्यसपछि जेठ १३ गते राति १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा लम्ब्याइएको थियो । पुनः जेठ २० गते राति १२ बजेसम्म लागु हुने गरी थप गरिएको थियो ।

Comment here