logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

फ्रान्सद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग


अंकुरण खबर
2.015K
Shares

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि फ्रान्सले नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

फ्रान्स सरकारले पठाएका सामग्री बोकेर विशेष जहाज आज काठमाडौं आइपुगेको हो । फ्रान्सले नेपाललाई ५ लाख ४ हजार मास्क, २० हजार एन्टिजेन परीक्षण किट, १२ हजार प्रोटेक्सन चस्मा र १४ वटा रेस्पिरेटोरीलगायत सामग्री उपलब्ध गराएको छ ।

उक्त सामग्री बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि फ्रान्सका राजदूत फ्रांको-जेनियर लेगरले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरे ।

स्वास्थ्यमन्त्री त्रिपाठीले सहयोगको लागि फ्रान्स सरकार र त्यहाँका नागरिकलाई धन्यवाद दिएका छन् ।