logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

ललितपुरमा बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ


अंकुरण खबर
1.183K
Shares

बालिका बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुरको गोदावरी नगरपालिका–३ बाट एकजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको शम्भुनाथ नगरपालिका घर भएका २० वर्षीय राम आशिष सदा छन् ।

गोदावरी नगरपालिका–३ स्थित मोतिचौरको निर्माणाधिन होटलमा लगेर राम आशिषले ५ वर्षीया बालिकालाई बलात्कार गरेको पीडित पक्षको आरोप छ । आरोपी गोदावरीमा बस्दै आएका थिए ।

आइतबार साँझ उनले बालिका बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रहरीले बालिकाको स्वास्थ्य परीक्षण गराएको छ ।