logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

उपत्यकामा थप ११ दिन निषेधाज्ञा लम्ब्याउने प्रशासनको निर्णय


अंकुरण खबर
1.274K
Shares

काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय ११ दिन थप्ने निर्णय गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु बुधवार छलफलमा छन् । उक्त छलफलमा अब, जेठ ३१ सम्म उपत्यकामा निषेधाज्ञा लागु हुने बताइएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत वैशाख १६ गतेबाट उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो । जारी निषेधाज्ञाको समयावधी जेठ २० गते भोलिबाट सकिँदैछ ।

कोरोना संक्रमणको जोखिम थप भएसँगै गत जेठ १४ गतेबाट थप कडाई गरिएको थियो ।

अब २० गतेपछिको निषेधाज्ञामा भने किराना पसल विहान ९ बजेसम्म खुला गर्ने र निर्माण सामग्री ओसार पसार गर्ने गाडी रातिको समयमा चल्न दिने तयारी गरिएको छ । अब १० दिन पछि भने निषेधाज्ञा थप खुकुलो हुनेछ ।