logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

चन्द्रागिरिमा ढिस्को खसेर पुरिँदा दुईको मृत्यु्, दुईको अवस्था गम्भीर


अंकुरण खबर
741
Shares

काठमाडौंको चन्द्रागिरी–१३ स्थित पुरानो नैकापमा ढिस्को खसेर पुरिँदा बुधबार दुई जनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन्।

महानगरीय प्रहरी वृत्त थानकोटका अनुसा मृत्यु हुनेमा उदयपुर बेलुवा–८ की ३५ वर्षीया सीता राई र मकवानपुर राक्सिङ–९ का २० वर्षीय टेकबहादुर चेपाङ छन्।

घाइते हुनेमा उदयपुर कटारी घर भएका २१ वर्षीय मिलन तामाङ र धादिङ गल्छी घर भएका १८ वर्षीय हरि घले हुन्। उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।

पर्खाल लाउने क्रममा ढिस्को खसेको जनाइएको छ। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ।