logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

लुम्बिनीमा विपक्षीले मागे मुख्यमन्त्री पोखरेलको राजीनामा


अंकुरण खबर
819
Shares

लुम्बिनी प्रदेशमा विपक्षी सांसदहरुले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा मागेका छन्।

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै विपक्षी सांसदहरुले मुख्यमन्त्री पोखरेलको राजीनामा मागेका हुन्।

सदनमा बोल्दै माओवादी केन्द्रका सांसद एवम् प्रदेशका पूर्व सामाजिक विकास मन्त्रीसमेत सुदर्शन बरालले कानुनी रुपमा पोखरेल अल्पमतमा परिसकेकाले अब राजीनामा दिनुको विकल्प नरहेको बताए।

केही दिनअघि भएको राष्ट्रियसभा उपनिर्वाचनले पनि मुख्यमन्त्री पोखरेल अल्पमतमा रहेको पुष्टि गरिसकेकाले अब उनले राजीनामा दिनुको विकल्प नरहेको जिकिर गरे।

‘मुख्यमन्त्री शंकर पोखरेलले नैतिकताको आधारमा राजीनामा दिनु उचित हुन्छु, उनले भने, ‘विपक्षी गठबन्धनबाट हामी मुख्यमन्त्रीका कदमको राजनीतिकसहित सबै प्रतिवाद गर्ने गरी अगाडि बढ्छौँ।’

अल्पमतमा रहेको अवस्थामा पनि प्रदेश प्रमुखलाई हातमा लिएर, प्रहरी सुरक्षा घेराबीच बलजफ्तीले पोखरेल मुख्यमन्त्री बनेको बरालले जिकिर गरे।