प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको स्थायी कमिटीको बैठक स्थगित भएको छ ।
नेताहरुको व्यस्तताका कारण बैठक स्थगित भएको पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । ‘नेताहरुको व्यस्तता र अरु तयारी पनि नपुगेकाले बैठक नबसेको हो’ उनले भने ।
बालुवाटारमा बुधवार ४ बजेका लागि बैठक बोलाइएको थियो ।