logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

पछिल्लो २४ घण्टामा थपिए ५३१६ जना संक्रमित, १०१ जनाको मृत्यु


अंकुरण खबर
767
Shares

पछिल्लो २४ घण्टामा देशभर ५ हजार ३१६ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पिसिआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार ५२४ जना र एन्टीजेटमाफर्त ७९२ जना संक्रमित पुष्टि भएका हुन् ।

देशभर एक लाख १ हजार ९९३ जना संक्रमित रहेका छन् । जसमध्ये संस्थामा आइसोलेसन ६ हजार ८६२ जना र होम आइसोलेसनमा ९५ हजार १३१ जना संक्रमित रहेका छन् ।

आज ७ हजार २१९ जना संक्रमित निको भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ ।