logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

प्रदेश १ को अधिवेशन जेठ २४ मा बोलाउन मन्त्रिपरिषदको सिफारिस


अंकुरण खबर
793
Shares

प्रदेश १ सरकारले जेठ २४ गते बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

बिहीबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले वर्खे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बजेट अधिवेशन बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गरिएको बताए। प्रतिपक्षी दलहरूको तीव्र विरोधका बाबजुद प्रदेश सरकारले संसदबाटै बजेट ल्याउने तयारी थालेको छ।

बुधबार मात्र सरकारले आर्थिक कार्यविधि ऐन संशोधन विधेयक प्रदेश प्रमुख समक्ष सिफारिस गरेको छ। कार्यविधि ऐन २०७४ को दफा ९ अनुसार बजेट प्रस्तुत हुनुभन्दा १५ दिन अगाडी अधिवेशन बोलाउनुपर्ने बाध्यात्मक अवस्था छ। त्यसलाई संशोधन गरेर सरकारले ५ दिनको समय सीमा कायम गराएको हो।