logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

जम्मू-कश्मीरमा भाजपाका एक नेताको गोली हानी हत्या


अंकुरण खबर
702
Shares

भारतको जम्मू-कश्मीरमा भारतीय जनता पार्टी (भाजपा)का एक नेताको हत्या भएको छ ।

विद्रोही समूहले स्थानीय पार्षद राकेश सोमनाथ पण्डितको गोली हानेर हत्या गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पुलवामामा गएराति भाजपा नेता पण्डिताको गोली हानी हत्या भएको भारतीय प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको साथमा सधैं दुई जना निजी सुरक्षाकर्मी खटिने गरेका थिए ।

जम्मू-कश्मीरका उपराज्यपाल मनोज सिह्नासहितले यो घटनाको निन्दा गरेका छन् ।