logo
  • आइतवार, कार्तिक २३, २०८३ / Sunday, Nov, 08 ,2026

नेपाल समूहको केन्द्रीय कमिटी बैठक जारी


अंकुरण खबर
1.482K
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

बैठक भर्चुअल माध्यमबाट केही समय अघि शुरू भएको हो ।

एमालेको मूल नेतृत्वले पार्टीले कारवाही गरिसकेको व्यक्तिबाट बोलाइएको बैठकमा जानु अवैधानिक हुने भएकाले सहभागि नहुन सचेत गराएको छ ।

हिजो राती पार्टीले विज्ञप्ति जारी गर्दै पार्टीले कारवाही गरेका नेताले बोलाएको केन्द्रीय कमिटी बैठक कानुन र विधानविपरीत भन्दै सहभागी नहुन निर्देशन दिएको थियो ।

नेपाल समूहका एक नेताका अनुसार पार्टी एकताका लागि भइरहेका प्रयास तथा भावि रणनीतिबारे बैठकमा छलफल भइरहेको छ ।