logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

सेती प्रादेशिक अस्पतालमा कालो ढुसी संक्रमणबाट एक पुरुषको मृत्यु


अंकुरण खबर
1.235K
Shares

सेती प्रादेशिक अस्पतालमा कालो ढुसीको संक्रमणबाट एकजनाको मृत्यु भएको छ।

म्युकर माइकोसिस पनि भनिने यस रोगबाट कैलालीको बर्दगोरिया-६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।

जेठ १७ गते अस्पताल भर्ना भएका उनी मिर्गौला, मधुमेह र मुटुका रोगी थिए। उनी डायलासिसका लागि अस्पताल आएको थिए।

बुधबार उनमा कालो ढुसीको संक्रमण पुष्टि भएको बताइएको छ। आईसीयूमा उपचाररत अवस्थामा उनको बिहीबार बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार जेठ १८ गते पीसीआर परीक्षण गराउँदा उनको रिपोर्ट नेगेटिभ आएको थियो । पछि उनको ओठ वरिपरि कालो दाग देखा पर्न थालेको र कालो ढुसीको आशंकामा स्वाब र बायोप्सीमार्फत परीक्षण गर्दा बुधबार त्यही संक्रमण पुष्टि भएको उनको भनाइ छ।

कालो ढुसीको संक्रमण पुष्टि भएसँगै उनलाई सोहीअनुसार उपचार गरिए पनि बचाउन नसकिएको उनले बताए।