logo
  • बिहिबार, भदौ ४, २०८३ / Thursday, Aug, 20 ,2026

एमालेको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित


अंकुरण खबर
936
Shares

नेकपा एमालेको स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ ।

केही दिन यता लगातार रुपमा स्थगित हुदैँ आएको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि पुनः स्थगित भएको हो ।

पार्टी एकताका लागि दोस्रो तहका नेताहरूले पहलस्वरुप वार्ता जारी राखेपछि बैठक स्थगित हुँदै आएको छ ।

आज पनि खनाल–नेपाल पक्षले केन्द्रीय कमिटी बैठक राखेपछि अबको परिस्थिति हेरेर मात्र बैठक बस्ने गरि अर्को सूचना नभएसम्मका लागि बैठक स्थगित गरिएको कार्यालय सचिव शेरबहादुर तामाङले बताए ।

बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएको थियो ।

अहिले खनाल–नेपाल समूहको आह्वानमा अहिले भर्चुल बैठक जारी छ ।